२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । भारत र पाकिस्तानको बिबादित सिमा जम्मु कश्मीरमा पाकिस्तानी सेनाको गोलि लागेर एक गोर्खा सैनिकको मृत्यु भएको छ ।

समाचार स्रोतका अनुसार नेपाली मूलका हवल्दार दीपक कार्कीको  पाकिस्तानी सेनाको गोलि लागेर मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुले पाकिस्तानी सेनाले शीतयुद्धको उल्लंघन गरि आफ्नो सैनिक मारिएको जनाएका छन् । भारतको नेपाल, चीनसँगै पाकिस्तानी सीमामा पनि बिबाद छ भने बर्षौ देखि दुइ देश बिच युद्ध हुदै आइरहेको छ । भारत र पाकिस्तान बीच सीमामा बिबाद हुदा  दैनिक जसो कुनै न कुनै पक्षको ज्यान जादै आइरहेको छ ।

समाचारका अनुसार दिपक कार्की गुल्मी क्षत्रकोट ५, खर्ज्याङ निवासी श्री शलिकराम कार्कीका छोरा भन्ने बुझिएको छ ।   उनको निधन पछि सिङ्गो गाउँ शोकमा डुबेको छ ।

फेसबुक प्रतिक्रियाहरु