२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ : सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । बजारमा अहिले सुनको मूल्य प्रतितोला ९१ हजार पुगेको छ ।  अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो ।

विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको हो । नेपाल सुनचाँदी महासंघको अनुसार  सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।

यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार न्यून रहेको छ ।

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु