२०८१ बैशाख २२, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ठूला र रुपान्तरणकारी आयोजनालाई प्राथमिकता दिने बताएको छ । सोहीअनुसार सरकारले राष्ट्रिय गौरवका २१ आयोजना र रुपान्तरणकारी नाम दिइएका १४ आयोजनाले बजेट पाएका छन् ।

विकास बजेटतर्फको सबैभन्दा ठूलो बजेट यी ३८ वटा आयोजना/कार्यक्रममा खर्च गर्ने लक्ष्य सरकारको रहेको छ । यी ३८ वटा आयोजनालाई १ खर्ब ४८ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आव २०६८/६९ बाट राष्ट्रिय गौरवको आयोजनाको अवधारणा शुरु गरेको हो ।

आगामी आवमा कुन आयोजनालाई कति बजेट ? (रु. लाखमा)

राष्ट्रिय गौरवका आयोजना      बजेट रुपान्तरणकारी आयोजना      बजेट
बुढी गण्डकी जलविद्यूत आ. ८००८४ औद्योगिक पूर्वाधार विकास कार्यक्रम (सेजसमेत) २६४३२
बबई सिंचाई आ. १४९९१ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना २५६८५
सिक्टा सिंचाई १५५७४ १३२ केभी तथा अन्य प्रसारण लाइन बिस्तार १९९४३१
रानीजमरा कुलरिया सिंचाई २१७५६ अपर अरुण जलविद्युत आयोजना कम्पनी लिमिटेड २०००
भेरी-बबई डाइभर्सन ३१११७ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ३२३११
माथिल्लो तामाकोशी १०००० समृद्धिका लागि वन ११००
मिलिनियम च्यालेन्ज एकाउण्ट (प्रसारण लाइन) ९१०५३ जग्गा प्रशासन सृदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम २५१८
मेलम्ची खानेपानी ५४६४५ गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजना १३७१९
पशुपति क्षेत्र विकास कोष ३५०० सासेकराजमार्ग साुधार आयोजना ४३८१९
लुम्बिनी विकास कोष १०००० क्षेत्रिय व्यापारिक मार्ग बिस्तार आयोजना ३४९७७
गौतमबुद्ध अ. विमानस्थल ४७२५० काकडभिट्ट इनरुवा पथलैया नारायणघाट खण्ड १०३७५
पोखरा क्षेत्रीय अ. विमानस्थल १०७५०० राष्ट्रपति महिला सशक्तिकरण परियोजना २५००
निजगढ विमानस्थल ५००० नयाँ शहर आयोजना २००११
राष्ट्रिपति चुरे संरक्षण कार्यक्रम १५५६३ शहरी करिडोर आयोजना १२६८
काठमाडौं-तराई मधेस द्रुतमार्ग ८९३८८ प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम ५००००
मध्यपहाडी राजमार्ग ८२७४० एकिकृत स्वास्थ्य  पूर्वाधार विकास कार्यक्रम १४३४९४
उत्तर-दक्षिण राजमार्ग (कोशी-कर्णाली-कालिगण्डकी) ४०९६७
हुलाकी राजमार्ग (पुलसमेत) ७०१५२
रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना ८६६६६
कूल   ८७७९४६           

 

फेसबुक प्रतिक्रियाहरु