काठमान्डौ: पहिचान र अधिकारको मुद्दा लिएर स्थापित भएको असोक राइ नेतृत्वको तत्कालिन संघिय समाजबादी पार्टी फोरम हुदै बाबुराम भट्टराइको नयाँ शक्ति सम्म मिसिएर जनता समाजबादी पार्टी सम्म आइ पुग्दा जनजातिको आवाज गौण हुन थालेको छ ।
बाहुन नेतृत्वको बिरोध गर्दै आएको जनता समाजवादी पार्टीमा आदिबासी जनजातिको आवाज बिलिन हुदै गएपछि जस पार्टीमा आदिवासी जनजातिको पोजिसनको बारेमा पनि कुरा उठाउन थालेका छन ।
ससपा गठन हुदा पार्टी आदिबासी जनजातिबादमा आधारित हुने भनिए पनि हाल मुल नेतृत्वमा सबै बाहुन खसहरु आएपछि आदिवासी जनजातिको ठाउँ कहाँ रहने भन्ने प्रस्न पनि उठ्न थालेको जसपाको एक नेताले बताएको छ । एकीकरण पश्चात पार्टीमा आदिवासी जनजातिलाई कहाँ राख्ने ? असोक राइ, राजेन्द्र श्रेष्ठ हरुको भूमिका के हुने ? भन्ने चर्चासमेत हुन छाडेकोले अशोक राईहरुले नब गठित जसपामा समाजवादी पार्टीका टिमको स्पेश खोज्न थालेको छ ।
पार्टी वरीयताक्रमको तेस्रो नम्बरसम्म कुरा फाइनल भए पनि चौथो नम्बरमा कसलाई राख्ने भन्नेमा उब्जिएको विवाद साम्य हुन सकिरहेको छैन । चौथो नम्बरमा अशोक राईलाई राख्नुपर्ने र पाँचौ नम्बरमा राजेन्द्र श्रेष्ठलाई राख्नुपर्ने माग समाजवादी पार्टीका अशोक राई टीमको छ । अशोक राईलाई वरिष्ठ नेता र राजेन्द्र श्रेष्ठलाई सहअध्यक्ष दिने घोषणा गरेरमात्र पार्टी दर्ता प्रक्रियामा जानुपर्ने उनीहरुको माग छ ।
निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । तर नेताहरुको ब्यबस्थापन गर्न नसक्दा ४० दिन कटिसक्दा पनि पार्टी दर्ता हुन सकिरहेको छैन |
अशोक राईले आफूसँग आफ्ना टीमका अन्य नेताहरुको पनि व्यवस्थापन टुङ्गो लगाउन दबाब दिएको बुझिएको छ । यो कुरा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि राजपा नेपालका नेताहरु समक्ष राखेका थिए । यद्यपि अशोक राई टीमको बारेमा अहिले कुनै टुङ्गो लागेको छैन ।






