२०८३ बैशाख २३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

नेपालगन्ज- प्रदेश एकको उदयपुर पछी  नेपालगन्ज कोरोना भाइरसको दोस्रो इपिसेन्टर बनेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्क स्थित जोलहनपुर्वा टोलमा २२ जनामा  कोरोना भाइरसको  संक्रमन भएको पुष्टि भएसँगै नेपालगंज कोरोना भाइरसको दोस्रो इपिसेन्टर बन्न पुगेको हो ।

 कुल ९४ जना ब्यक्तिको ‘स्वाब’ को पिसिआर परीक्षण गर्दा एउटै टोलका २२ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। ‘संकलन गरिएको सबैको रिपोर्ट आउँदा नयाँ सात जना संक्रमित थपिए,’ उनले नागरिकसँग भने ‘कोरोना पोजिटिभ देखिएका सबै २२ जना ब्यक्ति एउटै टोलका हुन्।’ यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी वडा नम्बर ८ महेन्द्रपार्क स्थित जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्थ्ये, भने मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी बालबालिकाको घरमै पुगेर ट्युसन(उर्दु) पढाउने गरेका थिए।

नयाँ संक्रमित(पोजिटिभ) ब्यक्तिलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। ‘नयाँ संक्रमित ब्यक्तिको नाम, ठेगाना पत्ता लगाएर आइसोलेसनमा लैजाने तयारीमा छौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) शिवबहादुर सिंहले भने ‘एम्बुलेन्स खोजेर उनीहरुलाई आइसोलेसनमा लैजाने हो।’ अहिलेसम्म संकलन गरिएको सबै स्वाबको परिक्षण सम्पन्न भइसकेकाले मंगलबार(आज) संक्रमित ब्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ’का आधारमा थप स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्जको महेन्द्र पार्कस्थित जोलहनपुर्वा टोललाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेका छन्। पहिलो संक्रमित फेला परेपछि नै उक्त टोलसहित एकलैनी, डिएसपी रोड, धम्बोझी लगायत क्षेत्रलाई स्थानीय प्रशासनले शिल गरेको थियो।  कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई आज(मंगलबार) बाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु