२०८१ बैशाख २६, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

भारत: कोरोना भाइरस संक्रमणको कारण भारतमा पछिल्लो २४ घन्टामा ३८ जनाले ज्यान गुमाएको छ  । यो संगै  भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।

छिमेकी देश  भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपले फैलिरहेकोले खुल्ला सिमाना रहेको कारण नेपालमा भने सन्त्रास छाएको छ | पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

कोरोना भाइरसबाट  भारतको   महाराष्ट्र सबैभन्दा  प्रभावित  देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने  दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।

त्यस्तै मध्य प्रदेशमा ५० जनाको यो भाइरसको कारण मृत्यु भएको छ । दिल्लीमा ३० जना र गुजरातमा २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३०६ जना संक्रमित निको भइसकेका छन् ।

 

Pramesh Tamu

फेसबुक प्रतिक्रियाहरु