२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

२८ चैत २०७६, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।

एकैदिन ८ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन् भने ५ हजार ८८३ जनाको उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु