२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

गत बुधबार मोरङको पथरी शनिश्चरे–७ की नीरमाया घिमिरे (नाम परिवर्तन)लाई एक्कासि दाहिनेपट्टिको पेट दुखेपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना गरियो ।

नोवेल मेडिकल कलेज तथा अस्पतालका सञ्चालक सुनिल शर्माको छिमेकीसमेत रहेकी ७० वर्षीया उनको बुधबार राति नै ९ बजे शल्यक्रिया गर्ने तयारी भयो । सबै टेस्ट पूरा भएर बिल पनि काटियो । तर, शल्यक्रिया गर्ने अन्तिम तयारी हुँदै गर्दा वृद्धाले खोकिन् ।

शल्यक्रियाको सम्पूर्ण तयारी पूरा भए पनि वृद्धाले खोकेपछि चिकित्सकहरू एकाएक पन्छिए । ‘कोरोना पनि रहेछ, यहाँ शल्यक्रिया हुँदैन’ भनेका चिकित्सकहरूले बिहीबार बिहान भने शल्यक्रिया गर्ने चिकित्सक अभाव भएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिए ।

दुई दिनदेखि केही नखाएकी वृद्धालाई घरमै लगेर खानेकुरा खुवाएपछि बिहीबारै अपराह्न ३ बजे बिपी प्रतिष्ठान पुऱ्याइयो । उनको राति नै एपेन्डिक्सको शल्यक्रिया भयो । ‘राम्रो अस्पताल ठानेर नोवेल लगियो, तर त्यहाँका चिकित्सकले बिरामीले खोकेको भन्दै बिपी रेफर गरिदिए,’ वृद्धाका छोराले भने, ‘हामी त प्रतिनिधि पात्र मात्र हौँ । नोवेलले खोक्यो भने सामान्य बिरामीलाई पनि फर्काइदिँदो रहेछ ।’

‘खोकेकै भरमा एपेन्डिक्सको बिरामीलाई उपचार नगरी फर्काइयो,’ उनले भने, ‘त्यसमाथि कोरोना भनेर हामीलाई ठूलो मानसिक तनाव दियो । हिजो बेलुकीदेखि मात्र ढुक्क भयौँ ।’ चिनेकै मान्छेको अस्पताल भनेर जाँदा झन् धेरै तनाव भोग्नुपरेको भन्दै उनले बिरामी र बिरामीका आफन्तलाई अनावश्यक तनाव नदिन अस्पताल प्रशासनलाई आग्रहसमेत गरे ।

‘तीन दिनदेखि पेट दुखेको र एक दिनदेखि ज्वरो पनि आएको रहेछ,’ बिपी प्रतिष्ठानको शल्यक्रिया विभागका डा. निर्मल साहले भने, ‘एपेन्डिक्स भएको पाइएपछि बिहीबार राति नै शल्यक्रिया गरिएको हो ।’ उनका अनुसार बिरामीको अवस्था अहिले सामान्य रहेको खबर नयाँ पत्रिकाले लेखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।