२०८१ बैशाख २४, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

टोकियो: अन्तत टोकियो ओलम्पिक २०२१ सम्मको लागि सारिएको छ | जापानका प्रधानमन्त्री शिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) का अध्यक्ष थोमस वाच बिच कोरोना भाइरसको बिस्व ब्यापी फैलावोटको कारण टोकियो ओलम्पिक, २०२१ सम्म स्थगित गर्ने सहमति भएको हो  ।यस अघि २४ जुलाई  २०२० बाट ९ अगस्ट २०२०  सम्म हुने भनिएको टोकियो ओलम्पिक सार्न आईओसीलाइ तिब्र दबाब आइरहेको थियो ।

ओलम्पिक सर्ने या नसर्ने भन्ने विषयमा दुबिधाको बिच आईओसीका अध्यक्ष र जापानका प्रधानमन्त्री बिचको सहमतिले अब टोकियो ओलम्पिक २०२१ सम्मको लागि सर्ने  निश्चित भएको छ |  अन्तर्राष्ट्रिय समुदायका सबै खेलमा सहभागी हुने खेलाडीहरुको स्वस्थ्यालाई ख्याल राखेर खेल  २०२१ समर अगावै सम्पन्न गर्ने सहमति भएको समेत  आईओसी र टोकियो २०२० आयोजक समितिले भनेको छ।

कोरोनाभाइरसको संक्रमण बिस्व ब्यापी भएसंगै टोकियो ओलम्पिक बारे तिब्र बिरोध भइरहेको थियो | मानव जीवनको स्वास्थ्य र कल्याण  पहिलो प्राथमिकता हुनुपर्दछ र यस महामारीको समयमा कुनै पनि प्रकारको खेल घटनाको स्टेजिंङ् सम्भव नै थिएन । खेल अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, मानव जीवनको रक्षा गर्नु ठुलो कुरो थियो ।

अहिले कोरोना भाइरसबाट विश्वव्यापी रूपमा ३८१०००  भन्दा बढी मानिसहरू संक्रमित  छ भने १९००० भन्दा बढीको ज्यान गैसकेको छ |

फेसबुक प्रतिक्रियाहरु