२०८१ माघ १३, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

वासिङ्टन — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।

पछिल्लो समय वेस्ट भर्जिनिया राज्यले कोरोना भाइरस  संक्रमण भएको  पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए । बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १०९ पुगेको छ ।
त्यस्तै अमेरिकामा संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ । अमेरिकामा मंगलबार मात्रै थप २३ जनाको मृत्यु भएको छ भने थप एक हजार ८ सय ५ जनामा संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु