अस्ट्रेलिया: अमेरिकी अभिनेता टम ह्यान्क्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोनाभाइरसको उपचारपछि अस्ट्रेलियाको अस्पतालबाट छुटाइएको छ।
अभिनेता दम्पति क्वीन्सल्याण्ड स्थित एक भाडाको घरमा स्व-क्वारन्टाइनमा रहेको थियो । एक हप्तासम्मको सकरात्मक प्रयासपछि उहाहरुलाई डिस्चार्ज गरिएको हो ।
टम दम्पति ‘एल्विस प्रेस्ली’ को बारेमा फिल्म बनाउने क्रममा गोल्ड कोस्टमा रहेका थिए। अहिले उहाहरुको फिल्म उत्पादन रोकिएको छ। अष्ट्रेलियामा अहिलेसम्म 375 जनामा भाइरसको संक्रमण रहेको पुष्टि भइ सकेका छन् ।