२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

टोक्यो : जापानमा चार वर्षअघि १९ जना व्यक्तिको सामुहिक हत्या गरेको अभियोगमा एक युवकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

३० वर्षीय सातोसी उमाचुले २०१६ मा एक केयर होममा रहेका १९ जना अशक्त व्यक्तिहरुलाई छुरा हानी हत्या गरेको भन्दै उनी दोषी ठहर भएका हुन् ।

योकोहामामा भएको यो घटनालाई जापानको इतिहासमै एक डरलाग्दो घटनाको रुपमा चित्रित गरिएको छ । अभियुक्तका वकिलहरुले भने मानसिक रोगका कारण यस्तो घटना गर्न पुगेको भन्दै उनको बचाउ गरेका छन् ।

अभियुक्तले पनि जानाजान हत्या नगरेको अदालतमा जिकिर गरेका थिए । योकोहामास्थित उक्त केयर होममा उमाचुले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अरु २६ जना घाइते भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।