२०८१ बैशाख २३, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं ।  सत्तारूढ दल नेकपाले पूर्व उपसभामुख  शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।  मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो ।

नेकपाको  केन्द्रीय समितिको  बैठक बुधबार बिहान ११ बजे बाट राष्ट्रिय सभा हलमा सुरु हुँदैछ । यही केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनितगर्ने निर्णय गरेको हो ।

तत्कालीन एमालेको केन्द्रीय सदस्य  त्म्बाहाम्फे  उपसभामुख बनेपछि दलीयता  त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

गत असोजमा सभामुख रिक्त भएपछि त्यसकाे पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा गरेकी थिइन् । पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको हो । योसँगै उनलाई सक्रिय राजनीतिमा आउन बाटो खुलेको छ ।

फेसबुक प्रतिक्रियाहरु