२०८१ बैशाख २३, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ : कांग्रेस सम्बद्ध बिधार्थी संगठनहरु एक आपशमा  केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा विधान अनुरुप नेविसंघको तदर्थ समिति बनाउन माग गर्दै अनशन बसेका विद्यार्थीहरुले रोक्न खोजेपछि झडप भएको हो ।

केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन कार्यालय पुगेका देउवामाथि उनकै बिधार्थी संगठनहरुले गमला प्रहार भएपछि स‌ंस्थापन पक्षीय विद्यार्थी र अनशन बसेका विद्यार्थीबीच झडप भएको थियो।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले देउवालाई आफूहरुका माग राख्न खोज्दा आक्रमण भएको बताए। आक्रमणबाट लक्ष्मी बोगटी, कमल पन्त घाइते भई अस्पतालमा भर्ना भएको काफ्लेले जानकारी दिए।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीहरु विधान अनुरुप तदर्थ समिति गठन गर्न माग गर्दै ४० दिनदेखि रिले अनशन बसेका थिए। सोमबारबाट निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनशन बसेका छन्।

भिडियो:

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु एकआपसमा कुटाकुट ! भिडियो फुटेज

Posted by Republic Dainik – रिपब्लिक दैनिक on Monday, January 27, 2020

फेसबुक प्रतिक्रियाहरु