२०८१ बैशाख ३१, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

मानामा: ‘नेप्लिज वेलफेयर सोसाइटी” को आयोजनामा “नेपाली  सांगितिक साँझ’ २०२० सम्पन्न हुने भएको छ ।

‘सेवा नै धर्म हो” भन्ने मुल उदेश्यका साथ स्थापित भइ नेपाल र नेपालीहरुको हितमा समर्पित रहदै आएको सामाजिक संस्था  ‘नेप्लिज वेलफेयर सोसाइटी” ले Welfare Trust र  अनाथ तथा शारीरिक विकलाग सहयोगार्थ बृहत् सास्कृतिक साँझ २०२० गर्न लागेको हो ।

कार्यक्रमलाई धमाकेदार बनाउन नेपालि वेलफेयर सोसाइटीले अहिलेको  एकदमै चर्चित कलाकारको जम्बो टोलिलाइ बहराइन उतार्दै छ । कार्यमको बिशेष आकर्षक  नेपाल आइडल सिजन २ का बिजेता रबि ओड, चर्चित लोक तथा दोहोरि गाएक प्रकाश सपुत रहने छन । सपुताका गलबन्दी, बोल माया जस्ता गित चर्चित छन । यसैगरी कार्यक्रममा लोक दोहोरि गायिका तथा हास्य कलाकार बबिता बानिया “जेरी” पप तथा लोक दोहोरि गाएक प्रदिप ढकालले बहराइन तताउने सस्थाका अध्यक्ष नारायण रापल बिस्वकर्माले जानकारी दिनुभयो  ।

कार्यक्रम बाट प्राप्त लाभांश को ६० प्रतिशत रकम welfare trust रहने र बाकी ४० प्रतिशत रकम काठमाडौ गोकर्ण मा स्थापित संयुक्त अपांग एकता आवाज केन्द्रलाइ  हस्तान्तरण गरिने भएको  छ।

कार्यक्रमलाई सफल तथा भब्य बनाउन ‘नेपाली वेलफेयर सोसाइटीले”   बहराइन मा कृयाशिल  सबै नेपाली संघसंगठन, सामाजिक सस्था , समाजसेवि,ब्यवसायी, पत्रकार लगायत बहराइन मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुलाई  अपिल समेत गरेको छ ।

कार्यक्रम   ०६ मार्च २०२० शुक्रबार, डेल्मोन इण्टरनेसनल होटल मानमामा हुने छ |

नारायण रापल बिस्वकर्मा  को सहयोगमा !

फेसबुक प्रतिक्रियाहरु