hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetCASİNO SİTELERİhepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १४, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : बुधबार इरानले गरेको मिसाएल आक्रमणमा ८० सैनिक मारेको इरानी संचार माध्यमहरुले दाबि गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानी मिसाइल हमलाले  अमेरिकी सैनिकलाई कुनै नोक्सान नपुर्‍याएको बताएका छन्। उनले मिसाइलबाट सामान्य क्षति  भएको  बताएको  छ।

इरानले अमेरिकी हवाई हमलामा इरानी सैन्य कमाण्डर जेनरल कासिम सुलेमानीको मृत्युको बदला लिन इराकको अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो। ट्रमका अनुसार यस आक्रमणबाट कुनै अमेरिकी वा इराकी सेना मारिएका छैनन्। इरानले यी आक्रमणमा कुनै पनि अमेरिकी सैनिकलाई जानीजानी मार्न नचाहेको हो कि भन्ने बहस चलिरहेको छ।

तर, स्ट्यालाइट छविहरुले स्पष्ट दखाउँछ कि अमेरिकी सैनिक शिविरका धेरैजसो भवनमा क्षति पुगेको देखिन्छ।

ट्रम्पले इरानलाई सम्बोधन गर्दै भनेका छन्, ‘इरानले आफ्नो आणविक इच्छा र आतंककारीको समर्थन समाप्त गर्नुपर्छ।’ ट्रम्पले रसिया, चीन, फ्रान्स र जर्मनीलाई इरानसँगको आणविक सम्झौता अन्त्य गर्न समेत  आग्रह गरेका छन् । उनले भने,’ मध्यपूर्वमा अमेरिका तेलको पछिमा छैन । अमेरिका विश्वमा तेल उत्पादन गर्ने सबैभन्दा ठूलो देश हो । अमेरिका आर्थिक र सैन्यरुपमा स्थिर छ,’ उनले भने ।

ट्रम्पले सैन्य शक्तिको प्रयोगलाई अस्वीकार गर्दै भने, ‘अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति हो । तर, यसको मतलब हामीले त्यसलाई प्रयोग गर्नु हुँदैन भनेको होइन। हामी तिनीहरुको प्रयोग गर्न चाहँदैनौं।’

सुलेमानीको विषयमा ट्रम्पले भनेका छन्, ‘उनलाई धेरै पहिले मार्नु पर्थ्यो । सुलेमानीले हिजबुलाल्हलगायतका आतकंकारीलाई प्रशिक्षण दिए, धेरै क्षेत्रमा युद्ध गराए र अमेरिकी दूतावासमा पनि हमला गराए । सुलेमानी अमेरिकाको विरुद्धमा नयाँ हमला गर्ने तयारीमा थिए।यसकारण उनलाई मारियो।’

इराकमा अमेरिकी सैनिक अड्डामा इरानी आक्रमणको विवरण दिँदै ट्रम्पले भने, ‘मलाई कुनै पनि अमेरिकी सैनिक मारिएन भन्ने खबर दिन पाउँदा खुशी लागेको छ । सैन्य शिविरमा सामान्य क्षति मात्र पुगेको छ।’

‘इरान आतकंकारीको ठूलो समर्थक हो र इरानले अन्य सभ्य देशलाई धम्काएको छ, ट्रम्पले भने, ‘इरानको क्षेप्यास्त्र प्रहारमा अमेरिकी सैनिक सुरक्षित छन् र कसैलाई केही क्षति पुगेको छैन।’

फेसबुक प्रतिक्रियाहरु