२०८२ बैशाख ९, मङ्लबार
  • Namaste Khabar १८ पुष २०७६, शुक्रबार

नारायण रपाल विश्वकर्मा,
बहराइन: एकता, एक्यवद्धता अनि भाईचारा को संदेश सहित विगत का वर्ष देखि नै निरन्तर मनाउँदै आएको नेपाल र नेपाली को सास्कृतिक पहिचान को रुपमा रहेको नेपाली टोपी दिबस कार्यक्रम गैर आवासीय नेपाली संघ बहराईन तथा नेपाली क्लब बहराईन को विशेष सहयोग मा भब्यताका साथ सम्पन्न गरिएको छ ।

अंग्रेजी नया वर्ष २०२० जनवरी १ का दिन भएको कार्यक्रमको सभापतित्व नेप्लीज वेलफेयर सोसाइटी बहराईनका अध्यक्ष नारायण रपाल विश्वकर्मा , प्रमुख अतिथिमा बहराईनका लागि नेपाली राजदुत महामहिम पदम सुन्दास, त्यसै गरी बिषेश अतिथिमा एनआरएनए एनसीसी बहराईनका अध्यक्ष लक्ष्मी गिरी र नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ, संस्थाका संस्थापक संरक्षक सालीग्राम पन्त तथा बहराइनका कृयाशिल बिभिन्न सस्थाहरु को आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन नेप्लीज वेलफेयर सोसाइटी बहराईनका महासचिव बिरेन्द्र बुढाथोकी ले गर्नुभएको थियो ।

नेप्लिज वेलफेयर सोसाइटी बहराइन का सल्लाहकार तथा एनआरएनए बहराईन का आइसिसि सदस्य लाल प्रसाद पुन ले कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै सम्पुर्ण उपस्तिथि पाउनाहरुलाइ स्वागत गर्नु भएको थियो। कार्यक्रम मा बिशेश अतिथी र अतिथीहरु द्वारा सातौ अन्तराष्ट्रिय टोपी दिवस तथा नयाँ साल 2020 को शुभकामना राख्नु भएको थियो।

कार्यक्रममा महामहिम राजदुत पदम सुन्दास ज्यु ले कार्यक्रम को शुभकामना दिदै भिजिट नेपाल 2020 लाई सफल बनाउन विभिन्न तवरले सहयोग गर्न आव्हान गर्नुभएको थियो।

अन्तमा कार्यक्रम लाई सफल बनाउन कार्यक्रम सहकार्य गर्नुहुने NRNA बहराइन र नेपाली क्लब बहराइन परिवार, आगन्तुक पाउना हरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा अन्तर्राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ बर्ष 2020 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रम सभापति संस्थाका अध्यक्ष नारायण रपाल विश्वकर्मा ले समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु