२०८१ बैशाख २७, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

बुटवल ।  कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाउदै आउदो चुनाबमा काग्रेश जिरो हुने समेत बताएकी छिन  ।

प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले  देउबा फेरी सभापति  बन्ने लोभमा पार्टी सिध्गयाउन  लागेको  बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उनले बताइन् ।

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

फेसबुक प्रतिक्रियाहरु