२०८१ बैशाख २७, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ ।

गोरखा मिरकोटकी २१ वर्षिया पन्त बिबिएस चौथो वर्षमा पढ्दै थिइन्।पन्तको मृत्यु भएपछि आक्रोशित बनेका विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिए।

भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

बसमा आगो लगाएको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका चेतन थापा र राकेश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।

फेसबुक प्रतिक्रियाहरु