२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: चर्चित गायिका आस्था राउतले आफ्नो एल्बम अधार भाग दुइ सार्बजानिक  गरेको छ ।  सिनामंगल स्थित नेपाल संगीत बिध्यालयमा एक बिशेष कार्यक्रमको आयोजना गरि आस्था राउतले आफ्नो  दोस्रो एल्बम “अधार भाग दुइ”  सार्वाजनिक गरेको हो ।

मह जोडीको प्रमुख अतिथ्यामा सार्वाजनिक गरिएको  उक्त  एल्बम  संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउत लगायतको उपस्थितिमा  सार्वजनिक गरेको थियो ।

सात वोटा गित समेटिएको उक्त एल्बममा  ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीतहरु समेटिएका  छन् । जसमध्य  ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ । भने ‘नाकैमा फुली’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वाजनिक गरेको छ ।

शान थापाले निर्देशन रहेको  ‘नाकैमा फुली’ गीतको म्युजिक भिडियोमा  आँचल शर्मा र महेश खड्कालाइ देख्न सकिन्छ । भिडियो सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन रहेको छ ।

‘आधार भाग २ ’मा रहेका गीतमध्ये ‘दशै आयो तिहार आयो’बोलको गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको युट्यूव च्यानलका साथै मुभी एण्ड मस्ती र नेपाल अनडिमाण्ड एपमा सुन्न र हेर्न सकिन्छ ।

आस्थाको पहिलो एलबम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ चर्चित गीत हुन् । आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन २ को एक निर्णायक पनि हुन् ।

भिडियाे :

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।