२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu ८ महिना अगाडि

टोकियो: जापानका लागि नेपालका राजदुत दुर्गा बहादुर सुबेदीले  आफु  राजदुत भएर जापान पछि जापानको पाठ्य पुस्तहरुमा पहिलो पल्ट बुद्ध नेपालमा जन्मिएको हुन् भनेर लेखिएको  बताउनु भयो ।

दर्जनौ बौध बिस्व बिद्यालय भएको देश जापानमा, बुद्ध भारतमा जन्मिएको हो भनेर पढाइ रहेको भन्दै उहाले आफु राजदुत भइ जापान आएपछि  त्यो भ्रम चिर्न सफल भएको बताउनु भयो । “यो कुरा हेर्दा सामान्य लाग्न सक्छ तर सामान्य होइन” उहाको भनाइ थियो।

आज आदिबासी जनजाती पत्रकार (फ़ोनिज) जापान शाखाको चौथो अधिबेशनमा बोल्दै उहाले यस्तो बताउनु भएको हो । राजदुताबास जापान र नेपाल जनजाति महासंघ जापान मिलेर आदिबासी जनजाति दिबश मनाएको भन्दै आगामी दिनमा यो अझै  सबै जापानी उच्च पदाधिकारी ज्युहरु, मन्त्रीहरु, संसदहरु, सबै मुलुकहरुका राजदुतहरुलाई बोलाएर नेपालका आदिबासी जनजातिहरुको  मौलिक कला र सस्कृतिलाई देखाउने ठोकुवा गर्नु भयो । “आदिबासी जनजातिका मौलिक कला र सस्कृति नेपालको सम्पति हुन् भन्दै यसको संरक्षण गर्न  र बिस्वमा यसलाई चिनाउन  कसैले पनि हिनता बोध गर्न नहुने उहाले बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु