२०८१ मंसिर १, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौ : प्रधानमन्त्री केपी ओलीले कुनै सडक वा सार्वजनिक संरचनाको ठेक्का लिएर काम अलपत्र पार्ने वा समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्न कडा निर्देशन दिएका छन्। चालु आर्थिक वर्ष २०७६/६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार बेलुका सम्बोधन गर्दै प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन्। उनले ठेक्का सम्झौताअनुसार काम नगर्ने त्यस्ता ठेकेदारलाई हटाउनसमेत मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्।

विभिन्‍न सडकको ठेक्का लिएका ठेकेदारले काम अलपत्र छाडेपछि नागरिकस्तरबाट भइरहेको आम गुनासो र विरोध अभियानलाई लक्षित गर्दै प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन् । केही दिनअघि नगरकोट जाने सडकको ठेक्का लिएर काम अलपत्र छोड्ने ठेकेदार शारदा अधिकारीको तस्बिर सार्वजनिक सवारी साधन तथा चोकचोकमा टाँगेर स्थानीयले आक्रोश पोखेका थिए।

ठेकेदारको क्षमता र उसको कार्य अनुभव हेरेर मात्र ठेक्का दिनुपर्ने बताउँदै प्रधानमन्‍त्रीले मनपरी गर्ने ठेकेदारलाई उन्मुक्ति नदिन कडा निर्देशन दिएका छन्। सहभागीका अनुसार ओलीले बैठकमा कडा शब्दमा भनेका थिए, अबको बैठकमा पनि तिनै ठेकेदारले जिम्मा लिएका तिनै आयोजना पूरा नभएको विवरण सुन्‍नु नपरोस् । विकास खर्च २० प्रतिशतमात्र हुनु विकासका नाममा तमासा हो ।”

प्रधानमन्‍त्रीले काम नगर्ने र काम अलपत्र पार्ने ठेकेदारको सूची १५ दिन तयार पार्न मन्‍त्री र सचिवलाई निर्देशन दिएका छन्। कुन ठेक्काको अवधि कति छ ? रकम कति खर्च भएको छ ? अब सम्पन्न गर्न कति समय लाग्छ ? यस्ता सबै विवरण समावेश गरेरकाम नगर्ने र ठग्‍ने ठेकदारको सूची तयार गर्न प्रधानमन्‍त्रीले १५ दिनको अल्टिमेटम दिएका छन्। उनले भनेका छन्, कारबाहीमा ढिलाइ तथा अलमल नगर्नुस् । काम नगर्ने ठेकदारको सूची तयार गरेर भटाभट कारबाही गर्नुस् ।’

उनले एउटा योजना लिएर समयमा काम सम्पन्‍न नगर्ने तथा अलपत्र पार्नेलाई अर्को ठेक्का नदिन पनि मन्‍त्री र सचिवलाई कडाइका साथ सचेत गराएका छन्।प्रधानमन्त्री ओलीले नीति एकातर्फ, बजेट र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्ति औंल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन पनि सचेत गराएका छन्।

सो कार्यक्रममा चालु आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेटले अगाडि सारेका योजनाको उपलब्धिका बारेमा सम्बन्धित मन्त्रालयका सचिवहरुले प्रस्तुती गरेका अन्नपूर्ण न्युजमा खबर छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना