टोकियो: लोक गाएक रुपेश गुरुङले ‘मायालुलाई सम्झेर’ बोलको मौलिक सालै ज्यु भाकाको नयाँ गित सार्वजनिक गरेको छ ।
शर्मिला गुरुङ र रुपेश गुरुङ्को स्वरमा रहेको डान्सिङ नम्बरको उक्त सालै ज्यु भाकाको गीत गायिका शर्मिला गुरुंङले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्बजानिक गरेको हो |
गीतको लय लोक गायिका शर्मिला गुरुङ्को रहेको छ भने शब्द संकलन सागर आले र रुपेश गुरुंङ्को रहेको छ । प्रकाश भट्टको निर्देशन तथा कोरियो ग्राफी र अमर सुनार सहायक निर्देशन रहेको उक्त गितको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् |
गीतमा अभिनय निर आले र काशी घलेको रहेको छ भने अडियो मिक्सिङ श्याम श्वेत रसाइली, संगीत संयोजन बि बि अनुरागी र बिष्णु शर्माले सम्पादन गरेका हुन् |
गीतको शब्द, स्वर र भिडियो निकै सुन्दर बनेको छ । गीतमा प्रदेशमा जिबन भोगाईका पिडा गीत मार्फत प्रस्तुत गर्नुको साथै भोलिको दिनमा आफ्नो मौलिक कला संस्कृति लाइ कसरि जिबन्त राख्ने भन्ने उदेश्यले उक्त गित तयार परेको गएक रुपेश गुरुङले बताएको छ |
भिडियो हेर्नुहोस: