२०८१ पुस १०, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

इटहरी : नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक नम्बर प्रदेशलाई ‘कोसी प्रदेश’ नामाकरणको प्रस्ताव गरेका छन् । इटहरी नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्ताे बताएका हुन् ।

प्रदेशको नामांकनमा सहमति हुन नसकिरहेकाे देखेर नेता नेपालले चियापान समाराेहमै यस्तो प्रस्ताव गरेका हुन् । ‘तुरुन्तै भनिदिनुस्, कोशी प्रदेश,
यो १ नम्बर, २ नम्बर, ३ नम्बर, के हो यो चाला ? एउटा निर्णय गर्न नसक्ने हामीभन्दा हुतिहारा को होला !’

चुनावी अभियानको क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अघि भनेका छन्, ‘राष्ट्रिय एकताको भावनाबाट अघि बढिरहेको बेला अहिले पनि हामी साना साना कुरामा अल्झिरहेका छौँ ।’

प्रदेश नामांकन गर्न पार्टीबीच सहमति नभइरहँदा नेता नेपालले ‘कोशी प्रदेश’ नै निर्विकल्प भएको बताएका हुन् । उनले सहमति हुन नसकेकोमा आपत्ति जनाए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।