२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

चितवन: धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माण हुने भनिएको  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ । तयार भएको डीपीआर भरतपुर महानगरपालिकामा एक कार्याक्रमका बीच सार्वजानिक गरिएको छ ।

कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमुना तयार गरिएको छ । रंगशालाको प्रवेशद्वारमा गौतम बुद्धको शालिक निर्माण समेत  गरिने छ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

डीपीआर तयार भइसकेकोले अहिले समान्य काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ |  डीपीआर  आइसकेपछि सबै कामहरु व्यवस्थित र द्रुत गतिमा हुने समेत उहाले जानकारी दिनु भएको छ  ।

  

फेसबुक प्रतिक्रियाहरु