२०८१ मंसिर १, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहिबार साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् ।
साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय लगायत ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि मेट्रो अस्पताल लगिएको र घाइतेमध्ये होटेल सञ्चालक पाण्डेय र रामसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता बस्नेतले जानकारी दिए । उनले भने, “टिफिन बक्समा राखिएको बम विष्फोट भएको अनुमान छ ।”

घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना