२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

सरकारले अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेपछि निर्वाचन आयोगले बिहीबार उक्त ऐन कार्यान्वयनका लागि बनेको नियमावली संशोधन गरेको छ ।

दल विभाजनलाई सहज हुने गरी अध्यादेश जारी भएपछि अध्यादेशमा भएका व्यवस्था समेटेर राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको हो । सो नियमावली संशोधन भई बिहीबार नै राजपत्रमा प्रकाशित भएको छ ।

अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सकिने व्यवस्था छ । सो व्यवस्थालाई नियमावलीमा राखिएको छ ।

त्यस्तै अध्यादेशमा कुनै दल विभाजित भएमा विभाजनअघिको दलबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कुन दल रोज्ने भन्ने टुंगो २१ दिनभित्र लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि प्रदेशसभा सदस्यले २१ दिनभित्र प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

हेर्नुहोस् नियमावली :

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ