त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा सहित दश विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा आयोगका सदस्य चिन्तामणि पोखरेल, […]