अर्थमन्त्री युबराज खतिवडाद्वारा पदबाट राजिनामा
काठमाडौं– सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिदाइ भेट गरेलगत्तै बालुवाटार पुगेर अर्थमन्त्रीले राजीनामा बुझाउनु भएको प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिनुभयो । ‘अर्थमन्त्रीज्यूले साँझ नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको छ,’ उनले नेपालटीभी अनलाइनसँग भने । […]