यस्तो छ स्थानीय निर्वाचनमा माओवादीको केन्द्रको अपिल (पूर्णपाठसहित )
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे एक अपील जारी गर्दै नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिका साथै गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थव्यवस्थाको निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । ‘रोजगारीका अवसरहरुको सिर्जना, विचौलियाहरुको भूमिकालाई न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन्’, माओवादी केन्द्रले भनेको छ […]