२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो । तमु धीं जापानले तमुहरूको सांस्कृतिक पर्ब २४ औं रोधी साँझको तयारी पुरा भएको जनाएको

सिन्जुकु स्थित रातोमाटो नेपाली रेष्टुरेन्टमा एक कार्यक्रमको बीच  पत्रकार सम्मेलनको आयोजना गर्दै २४ रोधी सांस्कृतिक साँझको तयारी पुरा भएको जनाएको हो

कार्यक्रमको लागी नेपालबाट मंगोलियन हर्टका आमत्रित गाएक राजुलामा आइसक्नु भएको छ ।  कार्यक्रममा गायक राजु लामासंगैलोकप्रिय ब्यान्ड मर्करी ब्यान्डको साथै जापानमा बस्दै आउनु भएको स्थानिय कलाकारहरूको बेजेडको प्रस्तुती रहने आयोजकले जनाएको छ

कार्यक्रमको उदेस्य प्रमुखत तमु संस्कृतिको संरक्षण सम्बर्धन गर्दै, जापानबासी तमुहरूमा भाइचाराको आत्मिय संबन्ध कायम राख्नु  पोखराको काँहुडाडामा निर्माण हुन गइरहेको बुद्ध मण्डल लाई सहयोगको लागी हुने जानकारी दिएको

आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाएक राजु लामाले सगरमाथा आरोहणको तिता मिठा अनुभब समेत सुनाउनु भएको थियो । पत्रकार सम्मेलनकै बिचमा २४ औ रोधी साझ सफल पार्न आर्थिक सहयोग गर्नुहुने सबै गोल्ड स्पोन्सर, सिल्भर स्पोन्सर, स्पोन्सर लागाएत सबै सपोर्टरहरुलाई खादा माला लगाएर सम्मान गर्नु भएको थियो । साथै गाएक लामालाई उपस्थितहरुले खादा लगाएर न्यानो स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु