महेश बस्नेत, पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ४ विरुद्ध सांसद यादवद्वारा अपहरणको उजुरी दर्ता
काठमाडौं- अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, पूर्व आइजिपी सर्वेन्द्र खनाल र नवीन बस्नेतविरुद्ध जिलला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ। तत्कालीन समाजवादीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको र उक्त उजुरी महानगरीय प्रहरी परिसरले दर्ता नगरेको भन्दै निवेदन दिएका थिए। काठमाडौं प्रहरी दर्ता गर्न नमानेको भन्दै र […]