अमेरिकाले राख्यो नयाँ रेकर्ड, संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि ।
अमेरिका: अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २ हजार नाघेको छ ।