२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठक शुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएका थिए । यहिबीच प्रधानमन्त्रीले सम्बोधन गर्न रोस्टममा पुगेपनि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्रधानमन्त्री ज्यूको कुरा सुनौ। शान्त हुनुस् भनी आग्रह गरे पनि कांग्रेस सांसदले विरोध जनाइरहे । रोस्टममा पुगेका प्रधानमन्त्रीले सम्बोधन गर्ने अवस्था नभएपछि सभामुख महराले बुधबार सम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन ।
संसदको कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन शुरूमै तय भएको थियो। तर कांग्रेसले आफ्नो दलको नेताले शुरूमै बोल्न पाउनुपर्ने माग गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु