काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी पार्टी एकता सन्देश सभा गर्ने भएको छ । यही मंसिर १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा सभा गर्न लागेको नेकपाले प्रेश नोट मार्फत जानकारी दिएको छ ।
संदेशसभा अन्तर्गत मंसिर १२ मा सुदूरपश्चिमको धनगढी, १३ मा लुम्बिनीको दाङ (देउखुरी), १४ मा गण्डकीको पोखरा, १५ मा प्रदेश नं १ को विराटनगर, १७ मा उपत्यका विशेष प्रदेशको काठमाडौं, १८ मा कर्णालीको सुर्खेत, १९ मा संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं, २० मा मधेश प्रदेशको जनकपुर, २१ गते प्रवास समितिको भर्चुअल र २३ गते बागमतीको हेटौँडामा सभा गर्न लागिएको हो ।
यस्तै मङ्सिर २६ गतेसम्म सबै जिल्ला तथा २९ गते ७५३ वटै स्थानीय तहमा एकता सन्देश सभा आयोजना गर्ने निर्णय भएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा सोमबार जारी प्रेस नोटमा उल्लेख छ ।





