२०८१ अशोज ५, शनिबार
  • Pramesh Tamu १ महिना अगाडि

टोकियो: सक्तिसाली टाइफुन एम्पिलमा तातो हावा प्रवाह गर्दा तापक्रम उच्च हुने भएकाले  कान्टो र टोकाइ क्षेत्रमा शनिबार  उच्च तापक्रम हुने चेतावनी दिएका छन्।

मौसम विज्ञान एजेन्सी र वातावरण मन्त्रालयको अनुसार  देशको  ४७  प्रिफेक्चर मध्ये २८ प्रान्तमा गर्मी स्ट्रोक अलर्ट जारी गरेको छ। उच्च चापीय प्रणालीका कारण पूर्वी र पश्चिमी जापानमा तापक्रम  बढ्ने मौसमविद्ले जनाएका छन् ।

टाइफुन एम्पिलमा तातो हावा प्रवाह गर्दा तापक्रम उच्च हुने बताइएको छ । एजेन्सीले कुमागाया शहर, सैतामा प्रिफेक्चरमा दिनको उच्च तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरेको छ। र नागोया, हमामात्सु, साइतामा र माइबाशी सहरहरूमा ३८  डिग्री। कुमामोटो, हिरोसिमा, गिफु, कोफु र अन्य सहरहरूमा तापक्रम ३७ डिग्री पुग्ने सम्भावना छ।

धेरै मानिसहरूलाई यो गर्मीको कारण स्ट्रोक लक्षण देखिएको र  अस्पताल लगिएको समेत जनाएको  छ। कतिपय घटनाले ज्यान गुमाउन समेत सक्ने भएकाले मानिसहरूलाई घरभित्रै बस्न, एयर कन्डिसनर प्रयोग गर्न, पर्याप्त पानी र नुन प्रयोग गर्न र बाहिर निस्कन र व्यायाम नगर्न सल्लाह दिएका छन।

ज्येष्ठ नागरिक, शिशु र साना बालबालिकाहरू विशेष गरी अत्यधिक गर्मीको जोखिममा छन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।
तमु धीं जापानको निमत्रणामा तृष्णा गुरुङ पहिलो पल्ट जापान आउदै, कोलाब ब्याण्ड सहितको लाएभ कन्सर्ट हुने ।