२०८१ अशोज ५, शनिबार
  • Pramesh Tamu १ महिना अगाडि

टोकियो:  शक्तिशाली टाइफुन टोकियो नजिक आइपुगेको र जसका कारण  राजधानी टोकियो  र वरपरका क्षेत्रहरुमा  शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने अनुमान गरिएको छ।

मौसम अधिकारीहरुको अनुसार  टाइफुनले ल्यान्डफल नगरे पनि प्रकोपको जोखिमलाई भने  तीव्र रूपमा बढाउन  सक्ने बताएको छ । शुक्रबार उक्त आँधी टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरको चोशी शहरबाट १७० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो। भिषण बर्षा सहितको   हावा दक्षिणी इजु टापुमा  केही प्रहार गरेपछि चिबाको तटबाट उत्तरपूर्व सरिरहेको मौसम अधिकारीहरुले  जनाएको छ ।

शुक्रबार रातिसम्म टोकियो सहित कान्टोमा भारी वर्षा हुन सक्ने जनाएको छ । टाइफुन उत्तरपूर्वी टोहोकु क्षेत्रको प्रशान्त क्षेत्रमा  शुक्रबार रातीदेखि शनिबार बिहानसम्म  विकसित हुने  बताइएको छ ।

शुक्रबार कान्तो क्षेत्रका करिब २ हजार घरधुरी बिजुलीविहीन भएका छन् । टोकियोको उत्तरी भागमा रहेको साइतामा प्रिफेक्चरका केही भागहरूमा ल्याण्ड स्लाइड हुने चेतावनी दिएको छ ।भने  इवाकी शहर, फुकुशिमा प्रिफेक्चरका मानिसहरूलाई खाली गर्ने आदेश जारी गरिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा आश्रयहरू स्थापना गरेका छन्।

चिबा प्रिफेक्चरको मिनामिबोसो शहरका केही बासिन्दाहरूले निकासी केन्द्रमा  सारिएको छ । मौसम अधिकारीहरूले पहिरो, तल्लो क्षेत्रमा बाढी आउने, नदीहरू बग्ने  र शक्तिशाली हावा हुरी चल्ने चेतावनी दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।
तमु धीं जापानको निमत्रणामा तृष्णा गुरुङ पहिलो पल्ट जापान आउदै, कोलाब ब्याण्ड सहितको लाएभ कन्सर्ट हुने ।