hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetritzbethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: जापानमा रहेका गुरुङ (तमु) हरु विच पारिवारीक भेटघाट लक्ष्य सहित तमुधीं जापानले आईतबार (जुन ३० तारिक)  बनभोज (BBQ) कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोको सिनगावा कु स्थित सेन्टर सिसाईड पार्कमा सम्पन्न भएको उक्त बनभोज (BBQ) कार्यक्रममा करिब ६ सय जना सहभागि भएको कार्यक्रम संयोजक यम तमुले जानकारी दिनु भयो ।

जापानमा गुरुङ समुदायको बढ्दो जनसख्या विच चिनजान एवं प्रदेशमा रहेका गुरुङहरुलाई सहयोग पुर्याउन तमुधींले बनभोज कार्यक्रम आयोजना गरेको अध्यक्ष हिमाली गुरुङले बताउनु भयो । बनभोज कार्यक्रममा जापान क्रियासिल जनजाति सस्थाका अध्यक्षहरु तमुधीं जापानका मानर्थ सदस्यहरु रोबिन शेरचन, ददिवल खडका, शिव प्रसाद पौडेल, माईकल गौचन, शिवहरी पौडेल, बिनोद शेरचन, केशव अधिकारी लगायतका उपस्थिती रहेको थियो ।

त्यसैगरि तमुधी जापानका संरक्षकहरु, सल्लाहकारहरु लगायत तमुधीं गुन्मा, तोचोगि, ईबाराकी क्षेत्रिय समितिका अध्यक्ष, महासचिव एवं जापानमा क्षेत्र विशेसका धाद्रुक समाज, दुघपोखरी समाज, पन्चासे समाजका अध्यक्ष एव पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

तमुधींले जनाए अनुसार बनभोज (BBQ) मा मामा घर कावसाकी परिवार, बिष्ट तमु , प्रकाश तमु , पदम तमु, रमेस कुमार तमु, श्री भक्त तमु, अमृत तमु, मनोज घले तमु ,४ वटा छाता (पाल)को लागि सल्लहाकार मनोज घले, बिष्णु माया तमु, कावसाकि बुल्स, मिथुन तमु, बुद्ध तमु,सिता तमु प्रायोजन गरेकाहरुलाई तमुधीं जापानले धन्यबाद ज्ञापान गरेको छ ।

बनभोज कार्यक्रममा बच्चाहरु विच खरबुजा फुटाउने प्रतियोगितामा तोचोगी गुम्मा ईबाराकिका उज्वल गुरुङ
छेलो प्रतियोगितामा प्रथम जगनराज तमु दोस्रो बिनोद तमु तेस्रो हुनु भएका श्रीं भक्त तमु हुन सफल भएका छन । छेलो प्रतियोगितामा पुरस्कार ईश्वार तमु ले गर्नु भएको थियो । कार्यक्रममा तमुधीं सास्सकृतीक उपसमिति तथा गुन्मा, तोचोगी ईबाराकीबाट सहभागि  कलाकारहरुले गुरुङ सस्कृतीका गित र नृत्यहरु प्रस्तुती गरेका थिए ।

पत्रकार मोहन घलेको सहयोगमा ।

फेसबुक प्रतिक्रियाहरु