टोकियो: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान शाखाको चौथो अधिवेशन सेप्टेम्बर ३ सिन्जुकु स्थित नेवा डाइनिङ्ग को सभा हलमा हुने भएको छ ।
चौथो अधिबेशन तथा स्थापना दिबसको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा साखाले “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम समेत एकै साथ गर्ने जनाएको छ ।
समारिकामा नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जातिय संस्थाहरुको संस्थागत प्रोफाइलहरु, विभिन्न जनजाति कलाकाहरुको प्रोफाइलहरु समेटिएको जनाएको छ ।
जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले रहेको सस्थाले जनाएको छ । साथै प्रकाशित हुने स्मारिका विमोचन कार्यक्रममा उपस्थित भइ अभिभावकत्व ग्रहण गरिदिन हुन समेत फ़ोनिजले आग्रह गरेको छ ।
यसैबीज जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाइ फोनिजमा आबद्द गराउने उद्देश्यका साथ सदस्यता आह्वान समेत गरेको छ ।आवस्यक मापदण्ड पुरा गरेका जनजाति पत्रकारहरुलाइ सस्थामा समेट्ने अदेस्यका साथ आबस्यक डकुमेन्ट सहित सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।