२०८१ मंसिर ६, बिहिबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरे सरकामा बसिरहन औचित्य नभएको जनाएको छ ।

नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गरेका छन्  । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताए । उनले भने, ‘हामी सरकारसँग पनि संघर्ष गर्छौं । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन ।

किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु । यदी हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्‍यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु । सबै खेलाडीहरू उत्साह र उमङ्गका साथ यो क्षेत्रमा लाग्नुस् । र, आफ्नो संगठनलाई बिस्तार गर्नुस् । जनतालाई व्यापक रूपले गोलबन्द गर्नुस् । खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ ।’

त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरूलाई उत्साहका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।