काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको भागमा उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाउन लागेका हुन् ।
बस्नेतले आज ३ बजे राष्ट्रपति निबास सितल निबाशमा सपथ लिने छ ।बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए ।
पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । बस्नेतले सुरुमा गृहमन्त्री हुने आकांक्षा राखेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी रोकिएका हुन् ।