२०८१ मंसिर ९, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: तमु धीं जापानद्वारा आयोजना हुन गइरहेको ल्होसार साँस्कृतिक साझ कार्यक्रमको लागि नेपालबाट आमत्रिक गाएक दुर्गा बहादुर गुरुङ र प्रथम वाई वाई नेपाल स्टार बिजेता एलिना गुरुङ्ग जापान आइपुग्नु भएको छ ।

नेपाल बायु सेवा निगमबाट आज बिहान ९ बजे उहाहरु जापानको नारिता एयरपोर्टमा अवतरण हुनु भएको हो ।  उहाहरुलाई  तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमु, उपाध्य्क्ष तथा कार्यक्रम संयोजक  शोम माया तमुस्यो, उपाध्यक्ष चित्र गुरुङ, उपाध्यक्ष जिबन गुरुङ, सल्लाहकार अमर गुरुङ, सचिब बिनय गुरुङ, कार्यक्रम  उप-सयोजक तथा तमु धीं  जापानका सदस्य टेकन गुरुङ्ग लगाएतले भब्य स्वागत गर्नु भएको थियो ।

हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार मनाउदै आएको  तमु धीं जापानले यसपाली पनि यहि जनवरी २ तारिक इकेगामी खाईकान हलमा विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार मनाउदै छ । कार्यक्रम दिनको ठिक ३ बजेबाट शुरु भइ ८ बजे समाप्त हुने कार्यक्रम संयोजक शोम माया तमुश्योले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।