२०८१ मंसिर ६, बिहिबार
  • Pramesh Tamu २ वर्ष अगाडि

नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक जापान आउने भएका छन ।

नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता प्रचण्डले सहभागिता जनाउने मंचका महासचिव बाबुराम पौडेलले जनाए ।

उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि हुने सो अन्तरक्रिया कार्यक्रमसहित नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरि द्वीपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बताईएको छ ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गरिने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।