शान्तिराज राई
“काम पाइनस बुहारी पाडा को चाक कन्या” भने झै प्रस्तावित “किरात प्रदेशका” प्रदेश नम्बर १ का भौतिक तथा पुर्वाधार विकासमन्त्रीले एकाएक आफ्नो स्टाटुस हटाएका छन । अहिले नेपालमा प्रदेश नम्बर १ को नाम के राख्ने भन्ने विषयमा गर्मागर्मी चलिरहेको छ ।त्यहा रहेका मध्य ९०% प्रतिसत जनताको माग किरात प्रदेश रहेपनी त्यहाको राजनैतिक स्वार्थको कारण प्रदेशको नामकरण हुन सकेकोछैन । यसै क्रममा अहिलेका मुख्य मन्त्री राजेन्द्र राईले आफ्नै कार्याकालमा प्रदेशको नामकरण टुंग्याउने भनेपछी फेरी प्रदेश नम्बर १ को राजनैतिक माहोल तातिएको छ ॥
त्यसै क्रममा मन्त्रीले कुन उपयुक्त होला ? भनेर सागरमाथा प्रदेश, शप्तकोशि प्रदेश, बिजयपुर प्रदेश, बिराट प्रदेश, कोशी प्रदेश र कोशीकिरात राखेर मन्त्रीले आफ्नो फेशबुकमा सर्वेक्षण गरेका थिए । मंत्रिको स्टाटुसमा किरातको पक्षमा अत्याधिक कमेण्ट आएपछि कार्किले रातारात आफ्नो स्टाटुस हटाएका छन । मन्त्री जस्तो गहन पदमा बसेका व्याक्तिले केटाकेटि जस्तो पारा देखाएको भन्दै चर्कोआलोचना भएको छ ।
हेर्नुस मन्त्रीको डिलीट गरीएको स्टाटुस
प्रदेश नम्बर १ लाई किरात प्रदेस घोषणा गर्न विभिन्न संघ, संस्था र व्याक्तिहरूको तिव्र माग गर्दै आएका छन । प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गरिएन भने त्याहाको राजनैतिक अस्थिरता फैलिने सम्भवाना बढेर गएको छ ॥