नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाइ गफाडी नम्बर वान र अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने परपीडक नम्बर १ रहेको अर्रोप लगाएको छ ।
सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा बोल्दै नेपालले भने ओली अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ छैन । ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए ।
‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ । ग’ उनले केपी ओलीलाई सुध्रन, गल्ती महशुस गर्न र सही बाटोमा आउन सुझाव समेत दिए ।