२०८१ मंसिर ७, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए ।

उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडि बढ्दैन ।’

यसअघि एमसिसीबारे सत्ता गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र शेरबहादुर देउवाको परस्पर विरोधी धारणा आएको थियो । स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई गत बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै प्रचण्ड र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए।  तर  प्रचण्डले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।