तमु समाज बहराइनको ८ औ महाधिवेशन तथा १९औ साधारणसभा सम्पन्न भएको छ ।
निबर्तमान अध्यक्ष नरेन्द्र घलेको सभापतित्वमा सम्पन्न उक्त भेलाले शंकर मान तमुको अध्यक्षतामा २३ सदस्सिय पदाधिकारीहरूको समेत चयन गरेको छ ।
सभामा नेपाली क्लब बहराइनको अध्यक्ष कमल श्रेष्ठ, प्रमुख अतिथी र गैर आवासीय नेपाली संघ समन्वय परिषद बहराइनका अध्यक्ष लक्ष्मीगिरीको उपस्थिती रहेको थियो । कोभिडका कारण अरू संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति भने थिएन ।
बहराइन सरकारले तोकिएको कोभिड १९को मापदण्डअनुसार कर्यक्रम सम्पन्न गर्नु पर्ने भएकोले संघ संस्थाको प्रतिनिधिहरुलाई उपस्थित गराउन नसकेको तमु समाज बहराइनले जनाएको छ ।
कार्यक्रम सभापति नरेन्द्र घले, प्रमुख अतिथि कमल श्रेष्ठ र विशेष अतिथि लक्ष्मी गिरिले संयुक्तरुपमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो। औपचारिक कार्यक्रम समाजका महासचिव राजु गुरुङले संचालन गरेको थियो।
स्वागत मन्तव्यमा समाजको प्रथम उपाध्यक्ष शंकर मान गुरुङ महिलाहरुको प्रतिनिधित्व गर्दै समाजको तृतीय उपाध्यक्ष मिना गुरुङलगायत बरिस्ठ सल्लाहकार ज्ञान बहादुर गुरुङ्ले स्वागत मन्तव्य राखेकोथियो। प्रमुख अतिथी बिशेस अतिथी साथै जातीय संघ संस्थाहरु बाट प्रतिनिधित्व गर्दै आएको प्रतिनिधिहरु ले पनि शुभकामना मन्तव्य राखेको थियो।
समाजको लागि उच्च योगदान पुर्याउने समाजिक ब्याक्तित्वहरु लाई मायाकोचिनो प्रदान गरि संमान गरिएको थियो। महासचिव राजुगुरुङले कार्य विवरण पेश गरिएको थियो।समाजको कोषाध्यक्ष बालसिंह तमु घर बिदामा र रहेकोले प्रथम उपाध्यक्ष शंकर मान तमु बाटअर्थिक प्रतिबेदन पेश गरिएको थियो। कार्यक्रमको सभापतिले आफ्नो कार्यकालमा भएको कार्य विवरण बारे प्रकाश पारेको थियो।साथै पहिलो सत्रको औपचारिक कार्यक्रम बाट पुरानो कार्यसमितिलाई भंग गरि कार्यक्रम आफ्नो मन्तव्य पूरा गर्नु भएको थियो।
दोस्रो सत्रमा समाजको सल्लाहकार चक्र गुरुङको संयोजकत्वमा निर्वाचन मंडल गठन गरिएको थियो
समाजको सल्लाहकार मनु गुरुङ प्रबक्ता मोहन गुरुङ रहेको निर्वाचन मंडलमा निर्वाचन सचिबको भुमिकामा रहेर मोहन गुरुङलेबिधिपुर्बक निर्वाचन प्रक्रिया पूरा गरेको थियो। बन्द सत्रमा तोकिएको समयसिमा भित्र कसैले पनि उमेदवार नदिए पछि प्रस्तावितब्यक्तिहरुलाई सर्बसम्मत बाट नयाँ कार्य समितीका लागि निर्विरोध गरिएको थियो ।
तमु समाज बहराइन को नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु :-
अध्यक्ष:- शंकर मान तमु
प्रथम उपाध्यक्ष:- राजु तमु
द्वितीय उपाध्यक्ष:- मिना तमुस्यो
तृतीय उपाध्यक्ष:- बालसिंह तमु
महासचिव:- भिम तमु
सचीव:- किशोर घले तमु
सहसचिव:- बिफा तमुस्यो
कोषाध्यक्ष:- नन्द तमुस्यो
सहकोषाध्यक्ष:- कृष्ण तमु
संस्कृतिक सचीव:- रजित तमु
संस्कृतिक स स :- मेनुका तमु
ब्यवस्थापन सचीव:-ओम तमु
ब्यवस्थापन स.स :- अनिता तमु
खेलकुद सचीव:- नरेश घले तमु
खेलकुद स स :- नीर ध्वाज तमु
सदस्य :- मेचुना तमुस्यो
सदस्य :- कर्ण तमु
सदस्य :-धनमाया तमुस्यो
सदस्य :- सुनिता तमुस्यो
सदस्य :-मैते तमु
सदस्य –डि बि तमु
सदस्य :-सन्तोष तमु
सदस्य :-दिल बहादुर तमु
रहेकाछन।
तमु समाज बहराइनले अहिलेसम्म आफ्नो जातीय मौलिक भाषा, धर्म संस्कार ,संस्कृति को जगेर्ना मात्र होइन धार्मिक सहिष्णुता रसाम्प्रदायिक सद्भाव साथै सम्पुर्ण नेपाली बिच आपसी भाईचारा कायम राखि हातेमालो गर्दै आएको छ ।
समचार मोहन गुरूङको सहयोगमा







