२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

नेपाल खनाल पक्षले नेकपा एमाले  गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ ।

सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, ऽोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको बताइएको छ । पार्टीका  केन्द्रिय सदस्य पिएल श्रेष्ठको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो । ओली पक्षले नेपाल र रावलाई कारबाही गरेपछि रुष्ट रहेको नेपाल पक्षले यसअघि पनि  अर्घाखाँचीमा माधव पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु