२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता साझेदारीको लागि बार्ता गर्न चार सदस्यिय बार्ता टोलि गठन गरेको छ ।

प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग वार्ता गरेका थिए ।  त्यस्तै बुधबारको बैठकमा चैत्र १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ ।

त्यस्तै बैठकले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।  कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।  प्रवक्ता श्रेष्ठले सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता गर्न कुनै ज्योतिषीले मिति नदिएको भन्दै त्यसबारे पार्टीले निर्णय पछि गर्ने जानकारी दिए ।  त्यस्तै माओवादी केन्द्रले यो संसद अबको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राखेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु