hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

आफूलाई महाराजधिराज ठान्ने,पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हब्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखियो ।

बैठक बस्न पनि नपर्ने, आलोचना सुन्न नी नसक्ने, आफूले भनेपछि त्यो ब्रम्हव्याख्या जस्तो सबैले मानिदिनु नै पर्ने नमान्ने मान्छे अगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो । आलोचना सहन पनि नसक्ने सुन्नपनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नको लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।’

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताए । पार्टी एकता हुँदा भएका कुनैपनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफुलाई महाराजधिराज जस्तो ठान्ने गरेको बताए । उनले भने, ‘निर्णय भइसकेपछि लागू नगर्ने, आलोपालो अध्यक्षता पनि लागू नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागू नगर्ने र राजनीतिक प्रतिवेदनको कुनैपनि आफैले हस्ताक्षर गरेको कुरा लागू नगर्ने, अन्तरिक विधानको कुनैपनि प्रावधान लागू नगर्ने, आई एम द स्टेट भन्याजस्तो गरी श्री ३ महाराजधिराज, अस्ति बहसमा सुनिनै हाल्नुभयो श्री ३ महाराज र श्री ५ महाराजधिराज जस्तै प्रधानमन्त्रीलाई पनि अधिकार छ भनेर बोल्ने पञ्चायतका वरिपरिका मान्छे त तपाईहरुले देखिसक्नुभयो । सच्चाइ यही नै हो ।’

कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताए । सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाए ।

प्रचण्डलाई उपयोग गरी माधव कुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि बताए । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामा नै बुझिसकेको पनि अध्यक्ष प्रचण्डले बताए ।

फेसबुक प्रतिक्रियाहरु